+
+

रास्वपा सांसदको प्रश्न : राजनीतिक चलचित्रको नायक-खलनायक को हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १४:२९

३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नेपालको राजनीतिलाई चलचित्रको संज्ञा दिँदै यहाँ नायक र खलनायक चिन्नै गाह्रो भएको बताए ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफू चलचित्र निर्देशन छाडेर राजनीतिमा आएको तर राजनीतिको चलचित्र देखेर अलमलिएको बताए ।

‘म चलचित्र निर्देशक भएर चलचित्र डामाडोल बनाउन लागेको थिएँ, तर देश बनाउने हुटहुटीले चलचित्र निर्देशक छाडेर रवि लामिछानेलाई होस्टेमा हैैँसे गर्दै यो सदनसम्म आइपुगेँ’ उनले भने, ‘जब यहाँ आइपुगेँ, यहाँ त रोमाञ्चक राजनीतिक चलचित्र चलिरहेको रहेछ ।’

उनले अगाडि भने, ‘मैले बनाउने चलचित्रमा पात्रहरु, मेरा कथाहरु स्पष्ट हुन्छन्, नायक को हो, खलनायक को हो स्पष्ट हुन्छन्, तर यहाँ नायक को हो, खलनायक को हो चिन्न नै गाह्रो हो । अस्तिसम्म नायक देखिएका पात्रहरु खलनायक जस्ता देखिन थाले, खलनायक जस्ता देखिएका पात्र नायकजस्ता देखिन थाले ।’

सांसद शाहले रास्वपा सांसद रवि लामिछानेलाई इंगित गर्दै राजनीतिक चलचित्रमा एउटा पात्रलाई डाँडा कटाइएको बताए । उनले भने, ‘एउटा हाम्रो पात्रलाई यसर।ी डाँडा कटाइएको छ, मानौ ऊ कहिले पनि फर्केर आउँदैन, तर अहिले त मध्यान्तर पनि भइसकेको छैन, हाम्रो पात्र आउँछ ।’

उनले राजनीतिक चलचित्रको पटकथा कसले लेखेको छ र निर्देशक को हो भनी प्रश्न गरे । ‘यो चलचित्र जुन देखाइएको छ हामीलाई संसदमा, यसको पटकथा कसले लेख्दैछ, यसका निर्देशक को हुन्, राष्ट्रिय हुन् कि अन्तर्राष्ट्रिय, आज जनजनले प्रश्न गरिरहेका छन्’ सांसद शाहले भने ।

चलचित्र जस्तो भए पनि मौलिकता बोकेको र नेपाली माटो सुहाउँदो हुनुपर्ने उनले बताए । ‘हामीलाई चाहिने नेपाली राजनीतिक चलचित्र नै हो, यो कथा नेपालीले नै लेखेको हुनुपर्छ ।’

यो चलचित्रको अन्त्य पनि संयोगान्त हुनुपर्ने सांसद शाहले बताए । ‘म कामना गर्छु यो राजनीतिक चलचित्र जुन दुई महिनादेखि देखिरहेका छौं, यसको अन्त संयोगान्त होस्, भोलि जनतामाझ जाँदा हामीले माला लगाएर स्वागत गर्न पाउने माहोल बनोस् ।’

संघीय संसद भवन विगतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र थियो । आफूले सञ्चारकर्मी र चलचित्र निर्देशक भएर यो भवनमा धेरै पटक आएको भन्दै सांसद शाहले पहिलो अवार्ड पनि त्यहीँ लिएको स्मरण गरे ।

तर सांसदको रुपमा आउँदा आफू आत्तिएको बताए । ‘सांसदको रुपमा आउँदा म आत्तिएँ, तर्सिर्एँ मलाई यहाँका कुर्सिहरुले, भित्ताहरुले चिच्याइ चिच्षइ एउटै शब्द भनिरहेको महसुस भयो । खबरदार तँ पनि जालझेलमा पर्लास्, तँ पनि षड्यन्त्र गर्लास्, तँ यो सब गर्न आएको होइनस् आफ्नो आवाज बुलन्द तरिकाले उठाउन आएको होस्, आफ्नो आवाज बलुन्द पारिरहनू ।

अहिलेको युवा पुस्ताले राजनीतिलाई षड्यन्त्र र जालझेलको रुपमा बुझेको भन्दै उनले पाँच वर्षम यो भाष्य परिवर्तन गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?