५ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागु औषधसहित १ जनालाई पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका-१० बस्ने २० वर्षीय सुजन ठकुरी पक्राउ परेका हुन् ।
शुक्रबार साँझ सवा ७ बजे प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीको टोलीले ठकुरीलाई पक्राउ गरेको थियो । शरीरमा सेतो टेपले बेरेर प्रतिबन्धित लागुऔषध ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको दावी प्रहरीको छ।
उनको शरीरबाट डाईजेपाम, नुरफिन र फेनारगन १५÷१५ एम्पुल गरी जम्मा ४५ एम्पुल, निट्राजिपाम ट्याब्लेट लेखिएको २८ पत्ता अर्थात २ सय ८० वटा ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4