
५ फागुन, काठमाडौं। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले नेताहरुसँग फोटो खिचाएर फेसबुकमा राखे नेता, कार्यकर्ताहरुको पार्टीभित्र नम्बर घट्ने चेतावनी दिएका छन् ।
शुक्रबार सुर्खेतमा कर्णली प्रदेशको केन्द्रीय प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
‘अबदेखि नेताहरुसँग फोटो खिचाएर फेसबुक पोष्ट गर्नुभयो भने पार्टीभित्र तपाईको नम्बर घट्नेछ, जनतासँग खेतमा बाली काट्दै गरेको फोटो पोष्ट गर्नुभयो चाँहि तपाईको नम्बर बढ्नेछ,’ बैठकमा मल्लले भने ।
बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी छ। बैठकमा नेताहरुले दिएका सुझावलाई समेटेर केन्द्रीय कार्यालयमा बझुाउने तयारी कर्णाली प्रदेश समितिले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4