+
+

५० वर्षपछि पाब्लो नेरुदाको मृत्युबारे नयाँ खुलासा- मन्द विष दिएर हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १४:४८

७ फागुन, काठमाडौं । दमनकारी शासनमा निकै अकल्पनीय कदम चालिन्छ । उनीहरू आफ्ना विरोधीलाई तह लगाउन उनीहरूमाथि लगाम लगाउँछन्। त्यसपछि पनि नसुध्रिए यातना दिन्छन्। उनीहरू आफ्नो विरोध दबाउन हरसंभव तरिकाले अघि बढ्छन्। दमनकारी शासकको उद्देश्य नै आफ्ना विरोधीहरूको ठेगाउन लगाउनु हो।

यस्ता शासकको उद्देश्य एकै भए पनि उद्देश्य प्राप्तका लागि अपनाउने हर्कत देश अनुसार फरक छन्। दमनकारी राज्यव्यवस्थाले मानिसहरूलाई चकित पार्ने खबर बेलाबखत दिइरहन्छ । हालसालै पनि यस्तै चकित हुने घटना सार्वजनिक भएको छ। यो घटना चर्चित कवि पाब्लो नेरुदासँग सम्बन्धित छ।

पाब्लो निरूदाको निधन सन् १९७३ मा भएको थियो। चिलिका नोबल पुरस्कार विजेता उनी २० औँ शताब्दीका प्रख्यात कवि थिए। यी कविको विष सेवनबाट मृत्यु भएको तथ्य ५० वर्षपछि सार्वजनिक भएको हो।

पाब्लोका परिवारका अनुसार अन्तर्राष्ट्रिय विज्ञहरूले गरेको फरेन्सिक जाँचले उनको मृत्यु विष सेवनबाट भएको पुष्टी गरेको हो।

पाब्लोलाई सैन्य शासकले मन्द विषय दिएको जाँच प्रतिवेदनमा भनिएको छ। उनी चिलीको सैन्य शासनको विरोधी थिए।  यत्तिका वर्षसम्म उनको मृत्यु प्रोस्टेट क्यान्सरका कारण भएको भनिएको थियो।

नयाँ खुलासाले नेरूदाका पाठकहरू विक्षिप्त हुनसक्छन्। तर उनीहरूको काँधमा अब एउटा जिम्मेवारी थपिएको छ। इतिहासका प्रतिभाशाली कविको विरासतलाई नयाँ स्वरूपमा आकार दिनु उनीहरूको जिम्मेवारी हो।

पाब्लो नेरुदाको मृत्यु सन् १९७३ सेप्टेम्बर २३ मा भएको थियो। आम निर्वाचनबाट निर्वाचित सत्ता ढलेको १२ औँ दिनपछि नेरुदाले संसार छाडेका थिए। नेरुदाकी श्रीमतीले जननिर्वाचित सरकारलाई हटाएपछि नेरुदा निकै विक्षप्त भएको र त्यही चिन्ताले उनलाई चितामा पुर्‍याएको बताएकी थिइन्।

‘शान्तिपूर्ण क्रान्ति पश्चात उदाएको जननिर्वाचित सरकार ढलेपछि निरूदा निकै चिन्तित थिए। लोकतन्त्रको विनासले नेरुदा निकै निरास थिए। उनमा जीवित हुनुको उत्साह थिएन,’ नेरुदाकी श्रीमती माटिडे उरुटाले भनेकी थिइन्।

सन् २०११ मा नेरुदाका निकट मित्र म्यानुअल आर्याले उनको मृत्युको कारण अरूनै रहेको आशंका गरे। त्यसपछि उनले समर्थन गरेको कम्युनिस्ट पार्टीले नेरुदाको मृत्युको कारण पत्ता लगाउन दबाव बढायो। सन् २०१५ मा परीक्षण गरियो। त्यसले नेरुदाको मृत्यु क्यान्सरबाट भएको प्रमाणपत्र दियो। दोस्रोपटक सन् २०१७ मा परीक्षण गर्दा क्यान्सरबाट उनको मृत्यु नभएको पत्ता लाग्यो। व्याक्टेरियाबाट संक्रमण हुँदा उनको मृत्यु भएको पत्ता लाग्यो।

६ वर्षपछि अहिले उनलाई विष खुवाइएको पत्ता लाग्यो। नेरुदाका भान्जाले भनेका छन्-‘क्यानेडा, डेनमार्क र चिलीका विज्ञ सम्मिलित टोलीको अनुसन्धानले विष खुवाइएको प्रतिवेदन दिएको छ।

निरूदा विरामी हुँदा केही विषालु पदार्थ राखेर सुइ लगाइएको प्रतिवेदन दिइएको छ ।  यो प्रतिवेदन अब अदालतमा पठाउने तयारी छ। त्यसपछि त्यहाँबाट थप न्यायिक छानबिन गर्दै दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाइने भनिएको छ। तर ५० वर्षअघिको घटनाको दोषी पत्ता नलाग्न पनि सक्छ।

नेरूदा १९ वर्षको उमेरदेखि साहित्यमा सक्रिय थिए। उनले जीवनभर लेखिरहे र राजनीतिक जागरणका लागि पनि काम गरे। उनले राष्ट्रपतिय निर्वाचनमा लड्न पनि खोजेका थिए। तर पछि उनले अर्कैलाई समर्थन गरे।

सन् १९३९ मा गृहयुद्धका कारण शरणार्थी बनेका २ हजार जनालाई नेरूदाले स्पेनबाट चिली ल्याएका थिए। चिलीका राष्ट्रपति एलेन्डीको पालामा उनी फ्रान्सका लागि राजदूत थिए। उनले सन् १९७१ मा साहित्य विधामा नोबेल पुरस्कार पाएका थिए।

– द एटलान्टिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?