+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

केही नेताको प्रवृत्तिले जनतामा वितृष्णा छ : विश्वप्रकाश

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १४:५२

७ फागुन, सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र कुनै एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताएका छन् ।

कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाज : सङ्लो राजनीति’ सत्रमा वक्ताका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा जागेको बताए ।

‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन’, उनले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनु जस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाइन्छ ।’

हरेकजसो संस्थामा राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निष्पक्ष नभएको उनको भनाइ छ । महामन्त्री शर्माले राजनीतिक रुपमा हुने हरेक निर्णयहरु पारदर्शी हुनुपर्ने बताए ।

उनले राजनीतिलाई सङ्लो बनाउन राजनीतिज्ञले पदको लोभ गर्न नहुने धारणा राखे । ‘राष्ट्रपति बन्ने हो भने एकपटक मात्र बनोस्, प्रधानमन्त्री बनेको मान्छे दुईपटक मात्र बनोस्,’ महामन्त्री शर्माले भने, ‘मन्त्री बन्ने हो भने तीन पटक र सांसद बन्ने हो भने ४ पटक मात्र बनोस्, बाँकी समय अर्कोलाई मौका दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?