+
+

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १२:५९

८ फागुन, काठमाडौं । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ ।

आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका-६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक चापाकोट नगरपालिका-२ धुर्कोटका ३२ वर्षमा नविन सुनार र सहचालक वालिङ नगरपालिका-८ मिर्दिका १४ वर्षका सोविन विक घाइते भएका थिए । उनीहरुलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

सहचालक विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो र उनलाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो ।

उपचारका क्रममा सहचालक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?