+
+

सिरहामा बैंकको ९ लाख रुपैयाँ लुटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १७:२३
फाइल तस्वीर

१० फागुन, जकपुरधाम । सिरहामा ग्लोबल आईएमई बैंकको ब्रान्चलेस बैंकिङबाट  ९ लाख रुपैयाँ लुटिएको छ ।

बुधबार दिउँसो ३ बजे मिर्चैयाबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ ।

लुटेराहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?