+
+

‘छड्के २’ ट्रेलर : अनमोल केसीको ग्याङस्टर फिल्ममा वर्चस्व र बदलाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते २२:१३

काठमाडौं । निगम श्रेष्ठ निर्देशित ग्याङस्टर ड्रामा ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ४० सेकेण्ड लामो ट्रेलरले प्राकृतिक स्रोत हत्याउन तीन ग्याङबीच हुने लडाइ र बदलाको कथा पेश गर्छ ।

अनमोल केसी मेनगड नामक चरित्रको रुपमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ खजुरे नामक खलपात्रको भूमिकामा छन् । ट्रेलरले याङ्की पात्र अर्थात रेशा आलेमलाई अनमोलकी ‘लभ इन्स्ट्रेस्ट’को दर्शाएको छ ।

डेब्यु गर्ल रेशा ग्याङस्टर गर्लको भूमिकामा बोल्ड देखिएकी छन् । मनाङ र नारायणगढमा छायांकन गरिएको फिल्मले राजनीतिको डनगिरीलाई पनि प्रस्तुत गरेको छ । नेताहरुले डनलाई आफ्नो स्वार्थमा कसरी उपयोग गर्छन् भन्ने कथावस्तु यसमा छ ।

कूल मिलाएर ‘छड्के २’ को ट्रेलर अनमोल भर्सेस निगमको चरित्रबीचको लडाइ हो । रोयल मनाङ, बारुलाज र ग्रीन ग्याङको कथा ‘छड्के २’ले भन्छ । अनमोलले ग्रीन ग्याङको नेतृत्व गर्छन् भने निगमले बारुलाज् ग्याङको । यी दुबै अभिनेता ग्याङस्टर लुक्समा प्रस्तुत छन् ।

अघिल्ला फिल्ममा लभरब्वायको भूमिकामा देखिएका अनमोलको यो पहिलो ग्याङस्टर फिल्म हो । ‘छड्के २’को बक्सअफिस र समीक्षात्मक सफलताले अनमोल भिन्न जानराका फिल्ममा कति सफल हुन्छन् भन्ने कुरा धेरै हदसम्म निर्भर हुनेछ ।

निगमको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, चिरन्जिबी अधिकारी र कुमार घलानको पनि अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्वाणा फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्मलाई प्रशान्त गिरी र देवकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

यो फिल्म फागुन १९ गते देशब्यापी रिलिज हुँदैछ । २०७० सालमा रिलिज भएको निगम श्रेष्ठ निर्देशित ‘छड्के’को दोस्रो श्रृंखला भनिएपनि यसको कथावस्तु भने भिन्न छ । ट्रेलरमा दर्शकले मनाङको हिमाली पठार र नारायणगढको तराईको ल्याण्डस्केपलाई हेर्न सक्नेछन् ।

हेर्नूस ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?