+
+

माओवादी र जसपा नेताहरुको छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १६:०९

११ फागुन, काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टीक नेताहरुबीच भेटवार्ता सुरु भएको छ ।

सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी छन् ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् । उनीहरुले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न लागेका हुन् ।

यसअघि बिहीबार नै माओवादी र एकीकृत समाजवादीका नेताहरुबीचा भेट भइसकेको छ । बिहीबार नै माओवादी, जसपा र एकीकृत समाजवादीबीच अर्को छलफल तय भएको नेताहरुले बताएका छन् । साँझ ६ बजे माओवादी, जसपा, एकीकृत समाजवादीले कांग्रेससँग छलफल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?