+
+

पर्यटकीय नगर सौराहामा चर्को आवाजमा साउण्ड सिस्टम र माइक बजाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १८:१४

११ फागुन, काठमाडौं । पर्यटकीय नगर सौराहामा होटल, रेष्टुरेन्टमा चर्को आवाजमा साउण्ड सिस्टम र माइक प्रयोग गर्न रोक लगाइएको छ ।

चितवनको रत्ननगर नगरपालिकाले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सौराहा यस नगरपालिकाको वडा नं ६ मा पर्छ । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित केही पर्यटकीय स्तरका होटल, रेष्टुरेन्ट र अन्य व्यवसायीले समेत स्थानीय जनमानसलाई अप्ठ्यारो हुने गरी चर्को आवाजमा साउण्ड सिस्टम र माइक बजाएको गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय लिएको बताएको छ ।

५ फागुनको वडा समिति बैठकले स्थानीय र छरछिमेकलाई असहज हुने गरी साउण्ड सिस्टम तथा माइक प्रयोग गर्न रोक लगाएको हो । यो सूचनाको अवज्ञा गरी अवहेलना गरेमा कानुन अनुसार कारवाही हुने चेतावनी नगरपालिकाले दिएको छ ।

हेर्नुहोस् सूचनाः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?