
११ फागुन, काठमाडौं । बुधबार राजीनामा दिएका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजीनामा स्वीकृत गरेका हुन् ।
जन्ममिति विवादका कारण सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयले उक्त राजीनामा पत्र गृह मन्त्रालयमा पठाएको थियो । प्रहरीको उच्च अधिकारीको राजीनामा गृह मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गर्ने व्यवस्था छ ।
प्रहरी प्रवक्ता पोषराज पोखरेलले गृह मन्त्रालयबाट राजीनामा स्वीकृत भएको जानकारी आएको बताए । सिंहको कानुन अनुसार कायम हुने जन्ममिति अनुसार उनको सेवा अवधि गत जेठमै सकिइसकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4