
१२ फागुन, काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेड एकीकृत कारोबार सुरु गरेका छन् । हिमालयन बैंकले प्राप्ति गरेपछि शुक्रबारदेखि एक कानर्यक्रमबीच दुई बैंक गाभिएर एकीकृत कारोबार शुभारम्भ गरिएको हो ।
हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा एकीकृत रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । गत २९ असारमा दुई बैंक गभिने गरी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले सिभिल प्राप्ति पछि बैंको सेवा झन प्रभावकारी हुने बताए ।
हिमालयले सिभिल बैंक लिमिटेडलाई १००ः८०.२८ को सेयर आदानप्रदान अनुपातमा (सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) प्राप्ति गर्ने गरी मर्जर गराएको हो ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात ‘हिमालयन बैंक लिमिटेड’ कै नाममा एकीकृत कारोबार सुरु भएको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कुल अधिकृत पूँजी २६ अर्ब पुगेको छ । जारी तथा चुक्ता पूँजी २१ अर्ब ६५ करोड नाघेको छ ।
अब बैंकको निक्षेप दुई खर्ब ७४ अर्ब र कर्जा दुई खर्ब ५० अर्ब पुगेको छ । कुल शाखा सञ्जाल १८९, विस्तारित काउन्टर १९ र एटीएम संख्या २६२ पुगेको छ ।
प्रतिक्रिया 4