
१२ फागुन, जनकपुरधाम। घरको फलामे गेट खस्दा च्यापिएर जनकपुरधाममा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–११ बस्ने आलम राइनका ३ वर्षीय छोरा अलि हुसैन छन् ।
सडकमा खेलिरहेको बेला बालक बाबा पेट्रोल पम्पका सञ्चालक विष्णुदेव साहको घरको फलामे गेट खसेर च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक बालकका आफन्त आक्रोशित हुँदै साहको घर तोडफोड गर्ने प्रयाससमेत गरेका थिए । तर, प्रहरीले रोकेका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4