+

केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फाइनलमा

२०७९ फागुन  १५ गते १७:४९ २०७९ फागुन १५ गते १७:४९
केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फाइनलमा

१५ फागुन, काठमाडौं । आयोजकको टिम केपी ओली फुटबल क्लबलाई १–० ले हराउँदै मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको दोस्रो सेमिफाइनलमा केपी ओली फुटबल क्लबलाई हराउन विमल घर्ती मगरले निर्णायक गोल गरे ।

विमलले खेलको १९ औं मिनेटमा रजिन धिमालको पासमा गोल गरेका थिए । मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ । सातदोबाटोले बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा हराएर फाइनल पुगेको हो ।

नेकपा एमालेका युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ नगद र उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार रुपैयाँ पाउने छन् ।

केपी ‌ओली कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय