+
+

यू-१९ विश्वकप छनोट : यूएईसँग निर्णायक खेल खेल्दै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ७:१०

१८ फागुन, काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा यस खेल जित्ने टोली अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा छन् ।

सन् २०१६ पछि यू-१९ विश्वकप नखेलेको नेपाली युवा टोली यसपटक जसरी छनोट हुने लक्ष्यसहित यूएई पुगेको थियो ।

यसअघि राउण्ड रोविनका चारवटै खेल जित्दै आत्मविश्वासी बनेको नेपाली यू-१९ टोली अन्तिम खेल जित्दै ८ वर्षपछि यू-१९ विश्वकपमा छनोट हुने लक्ष्यमा छ ।

छनोटमा नेपालले यसअघि सिंगापुरलाई९६ रनले, कुवेतलाई २४३ रनले, हङकङलाई ९ विकेटले तथा मलेसियालाई १० विकेट हराइसकेको छ ।

लिगको खेल भएपनि यूएईविरुद्धको खेल फाइनल जस्तै हुनेछ । जित्ने टिम यू-१९ विश्वकपमा पुग्नेछ भने हार्ने टिमको विश्वकप खेल्ने सम्भावना सकिनेछ ।

नेपाल यू-१९ टिमले सन् २०१६ मा पछिल्लो पटक बंगलादेशमा यू-१९ विश्वकप खेलेपछि उमेर समूहको टिमले फेरि विश्वकप खेल्न सकेको छैन । पछिल्लो तीन यू-१९ विश्वकपमा नेपाल छनोट हुनै सकेन ।

सन् २०१८ मा भएको यू-१९ विश्वकपमा नेपाल अफगानिस्तान भन्दा पछि पर्दै छनोट हुन सकेन । पछिल्ला दुई संस्करणमा भने नेपालका लागि यूएई नै बाधक बनेको थियो ।

२०२० को विश्वकप छनोटमा नेपाल यूएईसँग वर्षाले प्रभावित खेलमा १ रनले पराजित भएको थियो र त्यही १ रनको हार नै नेपालको लागि विश्वकपको ढोका बन्द गर्न निर्णायक बन्यो ।

त्यसबेला नेपालले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाउँदा वर्षाका कारण खेल नै रद्ध भएपछि डकवर्थ लेविस नियमले यूएई १ रनले विजयी भएको थियो ।

गत वर्ष यू-१९ विश्वकप हुँदा कोभिड१९ को कारण एसिया लगायत केही क्षेत्रको छनोट प्रतियोगिता हुन सकेन ।

नेपाल युवा टोलीले छनोट प्रतियोगिता जित्नदै विश्वकप खेल्ने लक्ष्य राखेको थियो । तर यस पटक कोभिड १९ बाधक बन्दा यूएई फेरि भाग्यमानी बन्यो भने नेपाल अभागी बन्यो ।

आईसीसीले यू-१९ विश्वकपको पछिल्ला पाँच छनोट प्रतियोगिताको आधारमा टिम छान्नदा नेपालभन्दा अघि रहँदै यूएईले गत वर्ष यू-१९ विश्वकप खेल्यो ।

उता यूएईका टप अर्डरले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । ओपनर आर्यन सक्सेना, आर्यशं शर्मा र ध्रुव पारासारले राम्रो ब्याटिङ गरिरहेका छन् । ध्रुवले अलराउण्ड प्रदर्शन गरेका छन् । उनले एक खेलमा ५ विकेट समेत लिएका थिए । ध्रुवले दुई अर्धशतक बनाउनुका साथै १० विकेट लिइसकेका छन् । यूएईको मिडल अर्डर खासै परीक्षण हुन पाएको छैन ।

बलिङमा कप्तान आर्यन खानलाई ध्रुवसहित हर्सिथ सेट, अरित सेट्टी र अमर बदामीले राम्रो साथ दिइरहेका छन् ।

चार टिम नेपाल र यूएई भन्दा तुलानात्मक रुपमा केही तल रहेकोले नेपाल र यूएईको मुख्य परीक्षा अन्तिम खेलमै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?