+
+

ए डिभिजन लिगमा खुमलटारको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १९:५९

१९ फागुन, काठमाडौं । नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् सुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले ८९ औं निर्णायक गोल गरे ।

खेलमा फ्रेण्डसका खेलाडीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको १८ औं मिनेटमा श्यामबाबु क्यापछाकीको क्रसमा फ्रेण्ड्सका उत्तम राईले पोस्ट नजिकबाट बाहिर प्रहार गरे । खेलको ७२ औं मिनेटमा १८ यार्ड नजिकबाट खुमलटारका स्टेफन समिरको फ्रिकिक पोस्ट बारमा लागेर फर्किएको थियो ।

७५ औं मिनेटमा खुमलटारका मेसुके ओलुमोउको डिबक्स भित्रको हेडर फ्रेण्ड्सका गोलकिपर राजाबाबु थापाले बचाएका थिए । ८० औं मिनेटमा फ्रेण्ड्सका लक्ष्मण रुचालको फ्रिकिकमा उत्तम राईको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो ।

जितसँगै खुमलटारले ३ अंक जोडेको छ । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

फेयर प्ले टोलीले ३ लाख पाउनेछन् । मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?