+
+

आन्तरिक विवादमा कुटिएका नेविसंघ नेता रिमाललाई शेखर कोइरालाले भेटे

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १०:१४

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आन्तरिक विवादका क्रममा कुटिपिट हुँदा घाइते भएङ्का नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेटेका छन् ।

गत बिहीबार संस्थापन पक्षको कुटपिटबाट घाइते भएका रिमाललाई नेता कोइरालाले स्टार अस्पताल पुगेर स्वास्थ अवस्थाको जानकारी लिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचनका लागि दुई पक्षले प्रतिनिधि खटाएको विवाद मिलाउन बसेको छलफलमा कुटपिट भएको थियो ।

नेविसंघ अध्यक्ष शेर्पाले त्रिवि कीर्तिपुरका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराई तोकेका थिए । नेता शेखर कोइराला पक्षधरले प्रवीण कैनीलाई प्रतिनिधि बनाएको थियो ।

दुई पक्षबाट केन्द्रीय प्रतिनिधि हुँदा विवाद बढ्यो । त्यही विवाद मिलाउन बसेको बैठकमा रिमाल कुटिएका थिए ।

समिति बनाएर घटनाको छानबिन गरिने नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?