+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फागुन १ मा जनयुद्ध दिवस मनाउनु अर्को कोसेढुङ्गा हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १३:३०

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय कोसेढुङ्गा भएको बताएका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले भने, ‘फागुन १ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । जनयुद्ध दिवस बनाउने अर्को कोसेढुङ्गा हो ।’ आफू नेतृत्वको सरकारले जगडोलमा शहीद पार्क बनाउने तथा शहीदहरुको नाम राजपत्रमा समावेश गर्ने निर्णयलाई उनले ठूलो परिघटना भने ।

‘माओवादी आन्दोलन प्रभाव कमजोर भएर होइन । माओवादीका सबै धारहरु एकठाउँ हुँदा जबर्जस्त बल छ भनेर नै प्रतिक्रियावादीहरुले भ्रम छर्ने र घेरा हाल्ने षडयन्त्र गरिरहेका छन्’ प्रचण्डले भने, ‘माओवादी धार सबै एक ठाउँमा भएर लाखौं जनता उतार्ने हो भने माओवादीले फेरि विजयको यात्रा सुरु गर्न सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको भन्दै पूर्व माओवादीहरु एकठाउँमा आउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?