+
+

चीनको प्रधानमन्त्री कसलाई बनाउँदैछन् सी जिनपिङले ?

एजेन्सी एजेन्सी
२०७९ फागुन २३ गते ११:४८

चिनियाँ संसद नेशनल पिपल्स कंग्रेसको अधिवेशन यही साता सुरू हुँदैछ । संसदको यो अधिवेशन सी जिनपिङको शक्ति कब्जामा केन्द्रित हुनेछ । सीले आफूलाई केन्द्रमा राखेर पार्टीलाई परिमार्जन गरेका छन् । सीलाई कसैले पनि चुनौती दिन सकेका छैनन् ।

३ हजार सांसद सहभागी हुने संसदको यो अधिवेशनले कर्मचारीतन्त्रमा हेरफेर गर्नेछ । मुलुकको प्रधानमन्त्री घोषणा गर्नेछ । चीनको शक्ति संरचनामा प्रधानमन्त्री सीपछिको दोस्रो बरियतामा हुन्छ । शाब्दिक रूपमा प्रधानमन्त्रीले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको व्यवस्थापन गर्ने भनिए पनि त्यो खासमा शब्दमै सीमित हुन्छ ।

विदा हुन लागेका प्रधानमन्त्री ली खच्छ्याङ एक दिन मञ्चको केन्द्रमा हुनेछन् । त्यसपछि ली छ्याङ् लाइमलाइटमा आउनेछन् । सीप्रतिको बफादारीका सन्दर्भमा लीद्वय फरक छन् । गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले सात सदस्यीय पोलिटब्युरो समिति बनाएको थियो । त्यसमा सीकै बफादारहरू चयन भएका छन् ।

संसदको यो अधिवेशनले विभिन्न विभागीय प्रमुख तथा मन्त्रीहरू हेरफेर गर्नेछ । सबै सीकै गुटमा पर्ने निश्चित छ । यसको मतलब उनीहरू योग्य छैनन् भन्ने होइन, तर उनीहरूले सीलाई निर्भिकतापूर्वक सल्लाह दिनसक्ने हैसियत राख्लान् ? भन्ने प्रमुख प्रश्न हो ।

‘सीले या त साँच्चै प्रभावकारी काम गराउन पनि सक्छन् । धेरै, निकटहरू राख्दा उनी इको च्याम्बरमा फस्ने खतरा छ पनि उत्तिकै छ । जहाँ उनले सर्वत्र आफ्नो मात्रै आवाज सुन्नेछन्,’ सीलाई बुझ्ने एक व्यक्तिले भने ।

सीले गर्ने नियुक्तिले चीनको दिशानिर्देशमा के अर्थ राख्छ ?

यदि ली छ्याङ प्रधानमन्त्री घोषणा भए भने त्यो लीका लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ । मुलुकको वित्तीय राजधानी रहेको सांघाइको पार्टी प्रमुख थिए ली । पार्टीको दोस्रो बरियतामा एकैपटक पदोन्नती हुँदा सबै छक्क परेका थिए ।

शून्य कोभिड नीति हुँदा सांघाई सबैभन्दा बढी कडा थियो । तर त्यहाँको व्यवस्थापन उत्तिकै झुर थियो । सामान पुर्याउने चालकहरूलाई घरबाट बाहिर आउन नदिँदा करोडौं मानिसहरूका स्वच्छ खानेकुरा र औषधी पुगेन । त्यहाँ खानको अभाव भयो । बासिन्दाहरूले कुहिएको तरकारीको तस्विर सार्वजनिक गरेका थिए । अत्ति भएपछि स्थानीहरू त्यसविरुद्ध उत्रिए । दुरी कायमका लागि राखिएका बारहरू भत्काए । नियमहरूविरुद्ध आवाज चर्काए । उचित रूपमा सांघाईको लकडाउन व्यवस्थापन गर्न चुकेका ली प्रधानमन्त्री भए भने कसरी मुलुककै व्यवस्थापन गर्लान् पर्यवेक्षकहरूले प्रश्न गरेका छन् ।

ली छ्याङ्ग (वायाँ) । उनले ली खछ्याङ्गको स्थान लिनेछन् । फोटो : एएफपी ।

केहीले उनको विगतलाई लिएर प्रश्न गरे पनि व्यवसायीहरू उनलाई आविष्कारक पनि भन्छन् । आविष्कारका लागि पार्टीका कठोर सिद्धान्तका बाबजुद आविष्कारमा उनको योगदान रहेको व्यापारीहरूको भनाइ छ । ‘ली सीप्रति बफादार भएर नै उनले यो जिम्मेवारी पाउन लागेकोमा कुने सन्देह छैन । सीले हाम फाल भनेमा उनले उचाइ सोध्ने समार्थ्य राख्छन् । ली स्मार्ट छन् उनी असल सञ्चालक हुन्,’ युरोपियन युनियन च्याम्बर अफ कमर्स चीनका अध्यक्ष जर्ज उत्के भन्छन् । जर्जले सन् १९९० देखि चीनमा व्यापार गर्दै आएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका धेरै नेताहरूसँग संगत गर्दै आएका छन् ।

टेस्लाको उत्पादन उद्योग चीनमा भित्राउने श्रेय ली छ्याङलाई जान्छ । अमेरिका बाहिर टेस्लाको पहिलो उद्योग चीनमा स्थापना भएको थियो । सन् २०१९ मा लीले सांघाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खुला क्षेत्र बन्ने घोषणा गरेका थिए । ‘सांघाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खुला क्षेत्र बन्नेछ । यसले चीनलाई आर्थिक भूमण्डलीकरणको युगमा नयाँ स्वरूपमा लानेछ,’ उनले भनेका थिए ।

ली आर्थिक स्थितिलाई चलायमान बनाउनका लागि चीनको उदार नीतिलाई मिच्न पनि तयार देखिन्छन् । सन् २०१६ मा ली चीनको पूर्वी क्षेत्रको जियाङसुको पार्टी सचिव भएका थिए । त्यहाँ उनले अलिबाबाका संस्थापक ज्याकमा लगायत अन्यसँग बैठक गर्दै त्यहाँ व्यापारको वातावरणको आधार तयार गरे ।

त्यो फरक समय थियो । हाल सीले प्रविधि कम्पनीहरूलाई लगाम लगाउन निर्देशन दिएका थिए । प्रविधि कम्पनीका प्रमुखहरू गायब हुनु अहिले सामान्य बनिसकेको छ । उनीहरूलाई सरकारी अधिकारीले गोप्य रूपमा लगेर अनेकौं केरकार गर्छन् । दुई साताअघि मात्रै बाओ फान यसको शिकार भए ।

नेशनल पिपल्स कंग्रेसको अधिवेशनबाट चीनको अर्थतन्त्र कस्तो बन्ने छ भन्ने चासो राख्नेहरुका लागि महत्वपूर्ण छ । यो अधिवेशन, सीको लागि आफ्ना अवरोधहरू हटाउने मौका पनि हो ।

लीले विगतमा व्यापारीहरूका लागि वातावरण बनाउने काम गरेका थिए । झाङसुमा हुनुभन्दा अघि ली सांघाई हुँदै जियाजिङसम्म पुगेका थिए । त्यसबेला पार्टीको प्रदेश प्रमुख सी थिए भने ली त्यसपछिको बरियतामा थिए । उनीहरू दुवै घण्टौंसम्म छलफल गरेर आफूभन्दा माथिकालाई रिझाउने प्रयत्न गर्थे । विदा हुन लागेका प्रधानमन्त्री लीसँग भने सीको यस्तो सम्बन्ध थिएन ।

सामूहिक नेतृत्वमा हुर्किएका सी र खछ्याङ फरक गुटका थिए । फरक गुटको हुँदा पनि खछ्याङ सीको पालामा प्रधानमन्त्री बन्न सफल भए । सीको सट्टा खछ्याङ राष्ट्रपति भएको भए चीन कस्तो हुनेथियो होला ?

पेकिङ विश्वविद्यालयका विद्यार्थी खछ्याङ राम्रा अर्थविद् हुन् । उनी कम्युनिस्ट युवा लिगबाट केन्द्रमा आएका व्यक्ति हुन् । उनले चीनको अर्थतन्त्रलाई पुनर्जीवित पार्न सडक बिक्रेताहरूलाई प्रोत्साहन गर्ने नीति ल्याएका थिए । खछ्याङ हु जीन ताव निकट नेता हुन् । चीनको सुदृढ आर्थिक अवस्थाका लागि खछयाङ सदैव स्मरणीय हुनेछन् ।

कोरोना महामारीको समयमा अर्थतन्त्र कमजोर बन्ने भन्दै उनले अर्थतन्त्रमा नकारात्मक प्रभाव नपर्ने गरी प्रतिबन्धहरूमा ध्यान दिन कर्मचारीहरूलाई सुझाव दिन्थे । तर, कर्मचारी र कार्यकर्ताहरू सीको शून्य नीति पालनाका लागि बाध्य भए । पार्टीलाई आफू अनुरूप ढाल्न सफल भएका सीलाई कुनैपनि कुराले रोक्ने स्थिति छैन ।

तर, जनतामा आफ्नो छवी विग्रदै गएकोप्रति उनी सचेत छन् र यो नै आफ्ना लागि खतरा हुनेसक्ने भान उनलाई छ । शून्य कोभिड नीति पछि चीनमा गरीबी बढ्यो । बेरोजगार बढ्यो । सेवा सम्बन्धी उद्योगहरू ध्वस्त भए ।

यो नै सीको लागि चुनौती रहेको उत्के बताउँछन् । ‘माओको समयमा अर्थतन्त्र ध्वस्त हुँदा पनि केही गुमेको थिएन । किनकी गुमाउनका लागि चीनसँग बाँकी केही थिएन । अहिले त मानिसहरूको जीवनस्तर उन्नत छ । यो धरासायी बन्दै गयो भने सीलाई चुनौती हुनेछ,’ उनले भने ।

नेशनल पिपल्स कंग्रेसको अधिवेशनबाट चीनको अर्थतन्त्र कस्तो बन्ने छ भन्ने चासो राख्नेहरुका लागि महत्वपूर्ण छ । यो अधिवेशन, सीको लागि आफ्ना अवरोधहरू हटाउने मौका पनि हो । मुलुकले जनतामाझ राम्रो प्रदर्शन गर्न नसकेमा त्यसबेलाको प्रश्नले सीलाई गाह्रो बनाउनेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?