+

पारस खड्काले भने : अब टेस्ट मान्यता पाउने सपना पनि पूरा हुनेछ

२०८२ असोज  ३० गते ११:२८ २०८२ असोज ३० गते ११:२८
पारस खड्काले भने : अब टेस्ट मान्यता पाउने सपना पनि पूरा हुनेछ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी–२० विश्वकपका लागि छनोट भएको छ।
  • पूर्वकप्तान पारस खड्काले सामाजिक सञ्जालमा 'हामी हाम्रो तेस्रो विश्वकपतर्फ अघि बढिरहेका छौं' लेख्दै उत्साह व्यक्त गर्नुभयो।
  • पारस खड्काले नेपाललाई पूर्ण सदस्य राष्ट्र बन्ने सपना पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो र सबैलाई शुभकामना दिनुभयो।

३० असोज, काठमाडौं । नेपाली क्रिकेट टोली आगामी टी–२० विश्वकपका लागि छनोट भएपछि पूर्वकप्तान एवम् नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत उत्साह व्यक्त गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘रातो र चन्द्र–सूर्य । सपना अनि वास्तविकताबीच हामी हाम्रो तेस्रो विश्वकपतर्फ अघि बढिरहेका छौं। नेपाल क्रिकेटसँग जोडिएका सबैलाई बधाई र शुभकामना।’

उनले अब नेपाल विस्तारै टेस्ट राष्ट्र बन्ने सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् । ‘हामीले देशमा खेलको विकास, प्रेरणा र परिवर्तनको लक्ष्य बोकेका छौं, सबैको एकताले नेपाललाई पूर्ण सदस्य राष्ट्र बन्ने सपना पूरा गर्न मद्दत गर्नेछ’ उनले लेखेका छन् ।

‘अहिले हामी इतिहासको मोडमा छौं, जहाँ मैदानभित्र र बाहिर दुवै क्षेत्रमा नेपाल क्रिकेटको भविष्य निर्धारण हुनेछ’ उनले थपे, ‘हरेक बच्चाको हातमा रहेको ब्याट र बल हाम्रो सपना पनि हो। अब अघि बढौं, नेपाल।’

नेपालले पहिलोपटक सन् २०१४ मा पारस खड्काकै नेतृत्वमा टी-२० विश्वकप खेलेको थियो । त्यसबेला नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।

त्यसपछि नेपालले १० वर्षको प्रतिक्षापछि सन् २०२४ को विश्वकप खेलेको थियो जहाँ समूह चरणमा दक्षिण अफ्रिकाविरुद्ध जितको नजिक पुगेर १ रनले पराजित भएपछि विश्व क्रिकेटको ध्यान तानेको थियो ।

नेपालले अब लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ ।

पारस खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय