+

इन्जुरी टाइममा अमृतले गरेको गोल मद्दतमा हिमालयन शेर्पाले पुलिसलाई हरायो

२०७९ फागुन  २४ गते १८:१४ २०७९ फागुन २४ गते १८:१४
इन्जुरी टाइममा अमृतले गरेको गोल मद्दतमा हिमालयन शेर्पाले पुलिसलाई हरायो

२४ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले बुधबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।

अमृत श्रेष्ठले इन्जुरी टाइममा गोल गरेपछि हिमालयन शेर्पाले पुलिसलाई हराएर लिगमा पहिलो जित निकालेको हो ।

यसअघि पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दीलाई पराजित गरेको थियो ।

पुलिसले भने लगातार दोस्रो हार बेहोरेको छ । पुलिस पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हिमालयन शेर्पाले पहिलो हाफमा गोल गर्ने अवसर गुमाएको थियो ।

३१औं मिनेटमा पेनाल्टी पाए पनि निशान लिम्बुले गोल गर्न सकेनन् । उनको प्रहार पुलिसका शत्रुघन चौधरीले बचाएका थिए । जितपछि हिमालयन शेर्पाले दुई खेलबाट ४ अंक जोडेको छ । लगातार दुई हारपछि पुलिस अंकविहिन छ ।

 

अमृत श्रेष्ठ नेपाल पुलिस क्लब शहीद स्मारक लिग हिमालयन शेर्पा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय