+
+

मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको घटाउने, कर्जाको प्रिमियम पनि घट्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ११:५८

२५ फागुन, काठमाडौं । बैंकहरुले चैतमा बचतको ब्याजदर घटाएर मुद्दती निक्षेपको ब्याजदर भने यथावत राख्ने भएका छन् ।

बिहीबार बिहान बसेको बैंकर्स संघको पूर्ण बैठकले मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर भने ०.४ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।

बचतमा ६.४ प्रतिशत देखि ८.४ प्रतिशत रहेको ब्याजदर चैतमा ६ प्रतिशत देखि ८ प्रतिशत कायम राख्ने उनले बताए । राष्ट्र बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । साथै बचतको माथिल्लो र तल्लो ब्याजदर बीचको अन्तर अधिकत २ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । राष्ट्रबैंकको निर्देशन भित्र रहेर मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतलाई कायम राखेर बचतको ब्याजदर ६ प्रतिशतदेखि ८ प्रतिशत कायम राख्ने निर्णय बैंकर्स संघले गरेको हो ।

यस्तै कर्जामा पनि बेस रेटमा ५ प्रतिशत भन्दा बढी ब्याज नलिने निर्णय भएको उनले बताए । ‘मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर ०.४ प्रतिशत विन्दुले घटाउने निर्णय भएको छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बैंकर्स संघका उपाध्यक्ष कोइरालाले भने, ‘कर्जामा पनि बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियमा रहेकोमा अब बढीमा ५ प्रतिशत प्रिमियम कायम गर्ने सहमति भएको छ ।’

कुल निक्षेपमा बचतको हिस्सा करिब २७ प्रतिशत रहेको छ । बचतको ब्याजदर ०.४ प्रतिशतले घटाउँदा निक्षेपको लागत सँगै बेस रेट घटेर कर्जाको ब्याजदर पनि घटाउन सहयोग गर्ने बैंकहरु बताउँछन् । राष्ट्र बैंकले कल निक्षेपमा पनि बचतको न्युनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याजदर दिन पाइने व्यवस्था गरेको छ । बचतको ब्याजदर घट्दा कल निक्षेपको ब्याजदर पनि स्वत घट्छ ।

बिहीबार संघको पूर्ण बैठकमा मुद्दती निक्षेपमा निक्षेपको अवधि अनुसार ब्याजदर फरक गर्ने विषयमा पनि छलफल भए पनि कुनै निर्णय भने हुन नसकेको अर्को एक बैंकरले बताए । मुद्दती निक्षेपकै ब्याजदर थोरै भए पनि घटाउनुपर्ने प्रस्ताव केही बैंकरले गरे पनि अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो ट्रेन्डमा नै रहेकोले अहिले हतारमा ब्याजदर घटाउन नहुने भन्दै यथावत राख्ने निर्णय भएको बैंकरहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?