+
+

राष्ट्रपति चुनावमा मतदान गरेर निस्किँदै गर्दा लडेर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १२:१५

२५ फागुन, काठमाडौं । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका हुन् ।

उनको टाउकोमा चोट लागेको छ ।

उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ । ७१ वर्षका उनी मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य पनि हुन् ।

उनी सप्तरी ४ को प्रदेश सभा १ बाट नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?