+
+

राष्ट्रपति निर्वाचनमा साढे १२ बजेसम्म ६०३ जनाले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १३:०५

२५ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ । संघीय संसद र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् । नेकपा एमालेले भने सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?