+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राख्छु : अरुणराज सुमार्गी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १:१४

२५ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमार्गीले आफूले जिल्ला नगरका उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्ने बताएका छन् ।

उनले आफ्नो नेतृत्वमा जिल्ला नगर उद्योग वाणिज्य महासंघलाई ऐतिहासिक सवलीकरण गर्ने उद्घोष पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बिहीबार जनकपुरमा आयोजित चौथौ प्रदेश सभालाई सम्बोधन गर्दै उनले उद्यमी व्यवसायीहरुको संस्थागत एवं व्यावसायिक समस्याहरु सम्बोधन आफ्नो प्राथमिकता रहेको सुनाए ।

उनले यसै तयारकिा साथ आफूले महासंघको जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको पनि बताए । ‘साना, ठूला एवं मझौला व्यापारीहरुका यावत समस्याहरु छन्, बैंकका ब्याज, कर्जा नीति सरकारको मौद्रिक नीति, उत्पादन प्रोत्साहन लगायतका थुप्रै समस्याहरुलाई सम्बोधन गर्न सरकारसँग बुलन्द आवाज उठाउन सक्ने नेतृत्वलाई व्यवसायीहरुले चुन्ने मेरो विश्वास छ’ सुमार्गीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?