
२६ फागुन, मोरङ । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१५ सुडी बस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साह रहेका छन् ।
विहीबार दिउँसो २९ प ९७३९ नम्बरको मोटरसाईकलमा चेकजाँचका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको उनको साथबाट नेपाली नगद रु ४ लाख ७५ हजार, विभिन्न बैंकको चेक, एटीएम कार्ड, भौचर र मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि हुण्डीसम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4