+
+

लघुवित्त समाजको कि बजारको ? (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १२:५८

३० फागुन, काठमाडौं । देहाततिर मिटरब्याजीले उठिबास लगाएका कथा सुन्दै जाँदा हामीले त्यसबाट बच्न नागरिकहरुले लगाएका उपायहरुबारे समेत थाहा पाउँदै गयौं । काठमाडौंमा ऋणीहरुको आक्रोश सुनिँदै गर्दा अर्को प्रकारको समस्याबारे पनि अवगत हुन गयो– लघुवित्तहरुको बारेमा ।

अनलाइनखबरले यसबारे शृंखलाबद्ध स्थलगत रिपोर्टिङ, अनि वैचारिक बहस पनि सन्चालन गरिसकेको छ । तर यसबारे थप छलफल हुने क्रम पनि जारी नै छ ।

यसै क्रममा अनलाइनखबरले राजनीतिक अर्थशास्त्री लेखनाथ पौडेललाई आफ्नो स्टुडियोमा डाकेर विचार मन्थन गराएको छ । उनले स्वीजरल्यान्डबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनको विशेषज्ञताको विषय हो, ‘नेपालमा ऋणसत्ता : विप्रेषण, वित्तीयकरण र ग्रामीण वित्त व्यवस्थाको पुनर्संरचना ।’

ऋणसत्ताले आक्रान्त नागरिकलाई सहज बनाउन खुलेका लघुवित्त समेतले नेपालमा ऋणसत्ता चलाउन कसरी योगदान गर्न पुगे भन्नेबारे यो भिडियोमा पौडेलले केही रोचक तथ्य र तर्कहरु औंल्याएका छन् । सँगै लघुवित्तबाट उन्मुक्तिका नाममा केही समूहले फैलाउन थालेको अराजकताबारे पनि कसरी सचेत हुन सकिन्छ, खासगरी राज्यका निकायहरुले कसरी नियमनलाई व्यवस्थित गर्न सक्छन् भन्नेबारे रचनात्मक विकल्पहरुसमेत उनले दिएका छन् ।

यो बहसमा लघुवित्तको अवधारणा विश्वमा कसरी आयो, नेपालमा यसको उद्भव कसरी भयो, अनि यसको अर्थराजनीतिक, दार्शनिक आधार के हो भन्ने विषय समावेश छ । जुन विषय यसपालिको लघुवित्त विमर्शमा अक्सर बिर्सिइयो, या उपेक्षामा पर्‍यो ।

आर्थिक वृद्धि, गरिबी निवारण तथा महिला सशक्तिकरणका वा विकासका नाममा विश्वव्यापी रुपमा आएको यो वित्तीय बजारको विस्तारले कस्ता नतिजा ल्यायो, र यसमा नियमनकारी निकाय नेपाल राष्ट्र बैक र सत्ताको अर्थराजनीतिक रोजाईले कसरी काम गरेको छ भन्नेबारे तपाईं भिडियोमा हेर्न सक्नुहुन्छ ।

हेर्नुहोस् भिडियो

लघुवित्तको दलदल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?