+
+

सामसङ ग्यालेक्सी एम०४ मोबाइल दराज एपबाटै प्री-अर्डर गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १७:५२

काठमाडौं । सामसङले दराजबाट ग्यालेक्सी एम०४ को प्री-अर्डर सोमबारदेखि खुल्ला गरेको छ । ग्यालेक्सी एम सिरिजको पछिल्लो संस्करणले युवा पुस्ताका आवश्यकता पूरा गर्न अतुलनीय अनुभव र अद्वितीय सन्तुष्टि दिने कम्पनीको दाबी छ ।

ग्यालेक्सी एम०४ र्‍याम प्लसका साथ ८ जीबी र्‍यामसम्म बढाउन सकिने विशेषता उपलब्ध छ । र्‍याम प्लसले प्रयोगकर्ताहरुलाई आवशयकता बमोजिम र्‍यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्दछ ।

ग्यालेक्सी एम०४ मा १ टीबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा रहेकोले प्रयोगकर्ताहरुले स्टोरेजको चिन्ता लिनु नपर्ने कम्पनीको भनाइ छ । यसमा मिडिया टेक हेलियो पी ३५ प्रोसेसर जडित रहेको छ, जुन २.३ गेगाहर्जसम्म चलाउन  सकिन्छ । प्रयोगकर्ताहरूले परिष्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो  एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्नेसक्नेछन् ।

ग्यालेक्सी एम०४ मा प्रभावशाली अवलोकन अनुभूतिका लागि ६.५ यनचको डिस्प्ले रहेको छ । ठूलो स्क्रिनले टेक-सावी प्रयोगकर्ताहरूलाई सोसल मिडियाहरू सजिलैसँग प्रयोग गर्न मद्दत गर्दछ । चलचित्र प्रेमीहरूले विना कुनै रोकावट आफ्नो मनपर्ने फ्लिमको आनन्द लिन सक्छन् । यो फोनमा ५००० एमएएच ब्याट्री जडित लामो समयसम्म टिक्छ र इन–बक्स चार्जरसहित उपलब्ध  छ । यसले पावर-बचत मोडलाई समर्थन गर्दछ । जसका कारण प्रयोगमा अनुकूल र ब्याट्री ५०५ भन्दा माथि छ भने स्वचालित रूपमा पावर-सेभिङमा जान्छ ।

ग्यालेक्सी एम०४ को ४ जीबी प्लस ६४ जीबी मोबाइलको बजार मूल्य १५ हजार ९९९ र ४ जीबी प्लस १२८ जीबी मोबाइलको बजार मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी एम०४ २ प्रचलित रङ्ग, हरियो र निलोमा उपलब्ध रहेको र यो केवल दराज एपबाट प्री-अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?