+
+

उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १२:१०
फाइल तस्वीर ।

१ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।

कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।

साथै कांग्रेसले राष्ट्रपति पदमा निर्वाचित भएका रामचन्द्र पौडेललाई बधाई दिंदै राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप पूरा गर्न सफलता मिलोस् भनेर शुभकामना समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?