
५ चैत, काठमाडौं । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले टिमका खेलाडी स्वार्थी भएको आरोप लगाएका छन् ।
खेलाडीहरु स्वार्थी भएका कारण टोटनहमले एक टिमको रुपमा नखेलेको उनको आरोप छ । शनिबारराति भएको खेलमा साउथह्याम्पटसँग ३–१ को अग्रता लिएको टोटनहमले अग्रता जोगाउन नसक्दा ३–३ को बराबरी खेलेको हो ।
इटालियन प्रशिक्षकले निकै संघर्षरत टिम साउथह्याम्पटनसँग ३–३ बराबरी खेलेपछि टिममा स्वर्थीपन बढी भएका कारण यस्तो भएको खुलासा गरेका हुन् ।
कोन्टेले बीबीसीसँग भने, ‘टिमको समस्या भनेको हामी यहाँ टिम देख्दैनौं । म ११ खेलाडी देख्छु, यिनीहरु सबै स्वार्थी भएको देख्छु । म त्यस्ता खेलाडी देख्दिन जसले एक अर्कालाई मद्धत गर्ने चाहना राखेर मनबाट खेल्थे ।’
यस सिजनको अन्त्यसँगै उनको टोटनहमसँगको अनुबन्धता पनि सकिन्छ । उनले बोर्डको पनि आलोचनात्मक टिप्पणी गरेका थिए । ‘टोटनहमको इतिहास यहि नै हो । २० वर्षदेखि मालिकहरु यहाँ छन् तर आजसम्म केही पनि जित्न सकेका छैनन् ।’
उनको यो टिप्पणीले बाँकी रहेको अनुबन्ध समयमा उनको नोकरी धरापमा पर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4