+
+

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १३:१७

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिएका छन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए ।

त्यतिबेला विश्वासको मत दिएको नेकपा एमाले सरकारबाट बाहिरिएका कारण उनले फेरि विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले आफूलाई सदनको विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा १७२ मत परेको छ भने ८९ मत विपक्षमा परेको छ । एक मत भने तटस्थ रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?