
९ चैत, जनकपुरधाम । उच्च अदालत जनकपुरले डा. पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।
इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको राजिष्टार खड्गराज अधिकारीले जानकारी दिए ।
दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।
दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी महोत्तरीकी औरही नगरपालिका –१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् ।
तीन वर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच दरार उत्पन्न भएको थियो ।
नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएका छन् ।
दाइजो सम्बन्धीको कसुरमा मुद्दा परेपछि फरार रहेका पंकजका बुबा बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० गत जलेश्वर कारागार चलान भएका थिए । महोत्तरी जिल्ला अदालतको आदेशमा चलाउन भएका उनी थुनामै छन् ।
प्रतिक्रिया 4