१२ चैत, गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरवारमा रहेको कालिका र गोरखनाथको दर्शन गरेका छन् ।
आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनी गोरखा दरबार पुगेका थिए ।
करिव आधा घण्टा पुजापाठ गरेर हेलिकप्टरमार्फत उनी गोरखा संग्रहालय परिसरमा झरेका थिए । संग्रहालय मूल गेट अगाडि ठूलोआँगनका रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरे ।
माल्यार्पण पश्चात उनले शालिक अगाडि आफ्नी पत्नीसँग फोटो समेत खिचाए । लगत्तै उनले गोरखा संग्रहालयको निरीक्षण गरे ।
राष्ट्रपति पौडेलले जिल्लाका सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
हेर्नुहोस् तस्वीरहरु


प्रतिक्रिया 4