सुत्केरीमा रक्तस्राव भए के गर्ने ?

सुत्केरीमा रक्तस्राव भए के गर्ने ?

सुत्केरी अवस्थामा रक्तश्राव हुनु सामान्य हो । शल्यक्रिया गरेर होस् वा सामान्य प्रसूति गराएर दुवै अवस्थामा रक्तश्राव हुन सक्छ ।

बच्चा जन्माइसकेपछि पाठेघरबाट एक प्रकारको तरल पदार्थ बग्छ, जसलाई मेडिकल भाषामा लोकिया भनिन्छ । यो पाठेघर संकुचन हुने क्रममा (सानो हुने वा पहिलाकै अवस्थामा आउने प्रक्रिया) पाठेघरबाट निस्किन्छ ।

यो कसैलाई लामो समयसम्म भएको देखिन्छ भने कसैलाई थोरै । यसको रंग रगतजस्तो रातो र बाक्लो खालको हुन्छ । सुरुमा विस्तारै यसको रंग फिक्का हुँदै बग्ने क्रम बन्द हुन्छ । रातो रगत जस्तो देखिए पनि यो शुद्ध रगत भने होइन ।

यस्तो रगत सामान्यतया एक हप्तादेखि दुई हप्तासम्म बग्न सक्छ । दुई हप्तापछि पनि कसैकसैको रगत बग्न सक्छ तर त्यो क्रमशः फिका हुँदै जान्छ । यस्तो स्थिति बिस्तारै कम हुँदै जान्छ ।

रक्तश्राव नरोकिए

कहिलेकाहीं लामो समयसम्म रक्तश्राव हुन सक्छ । यस्तो हुनुका केही कारण छन् । प्रसूतिका बेला कुनै तन्तु बाँकी भई संक्रमण भएमा, पाठेघर राम्ररी नखुम्चिएमा, रगतसम्बन्धी गडबडी भएमा, मोलार गर्भ (सग्लो गर्भको ठाउँमा अंगुरको दानाजस्तै हुने गर्भ) भएमा, सुत्केरी महिलामा पाठेघरको मुखको क्यान्सर (अत्यन्त विरलै) भएमा र पाठेघरको भित्री तहमा मासु पलाएमा रक्तश्राव नरोकिन सक्छ ।

यौन तथा प्रजनन् समस्या

सुत्केरी हुँदा भएका घाउ पाक्ने, युरिन संक्रमण हुने, दूध गानिने र पाठेघरमा संक्रमण हुने जस्ता समस्या आउन सक्छन् । किनकि सुत्केरी अवस्थामा पाठेघरको मुखको प्वाल फुलेर ठूलो हुने भएको कारण यौनाङ्गमा रहेका कीटाणु सजिलै पाठेघरभित्र छिर्ने जोखिम हुन्छ । यस्तो अवस्थामा आमा र बच्चा दुवैलाई स्वास्थ्यमा नराम्रो असर पार्ने गर्छ ।

सुत्केरी अवस्थामा के के कुरामा ध्यान दिने ?

पोषणयुक्त खानेकुरा खाने, पानी तथा झोलिलो पदार्थ अरुबेला भन्दा बढी खानुपर्छ ।  यौनाङ्गको सरसफाइमा ध्यान दिनुपर्छ । यसको व्यवस्थापनको क्रममा बिरामीको रक्तचाप र नाडीको चाल परीक्षण गर्ने, खेर गएको रगतको मात्रा आँकलन नगर्ने, रगत जाँच गर्ने, पाठेघरको आकार राम्ररी खुम्चिएको वा नखुम्चिएको थाहा पाउने, पाठेघरको मुख खुल्ला छ कि छैन जँचाउनुपर्छ । साथै सुत्केरीले बच्चालाई नियमित दूध चुसाउने गर्नुपर्छ । यसले पनि पाठेघरको स्वरुप पुरानै अवस्थामा ल्याउन मद्दत पुर्‍याउँछ । यदि संक्रमण भएमा तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

(डा. शाह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. बालकृष्ण शाह सुत्केरी
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम

लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम

किमोथेरापीले महिनावारी रोकिन सक्छ ?

किमोथेरापीले महिनावारी रोकिन सक्छ ?

शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ?

शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ?

कोलोरेक्टल क्यान्सरको कारण र उपचार

कोलोरेक्टल क्यान्सरको कारण र उपचार

एचआईभीको उपचार गरे एड्सको अवस्थासम्म पुग्दैन

एचआईभीको उपचार गरे एड्सको अवस्थासम्म पुग्दैन

बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?

बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?