+
+

सातदोबाटोलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १७:१४

२१ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबले शीर्ष स्थानको सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

जारी सिजन उत्कृष्ट लयमा रहेका जावलfखेलका लागि विदेशी खेलाडीले दुवै गोल गरेका थिए ।

जितपछि सातदोबाटोलाई पछि पार्दै जावालखेल शीर्ष स्थानमा उक्लेको छ ।

६ खेलबाट ४ जित र १ बराबरीबाट जावालखेलले १३ अंक जोडेको छ । जारी लिगमा दोस्रो हार बेहोरेको सातदोबाटोको ६ खेलबाट १२ अंक छ ।

एन्फा कम्पलेक्समा भएको खेलमा जावालखेलको जितमा दुवै गोल विदेशी खेलाडीले गरे ।

फोडे फोफानाले ४३औं मिनेटमा पेनाल्टीमा गोल गरी जावलाखेललाई अग्रता दिलाएका थिए । एनकोतो मासोओबीले ५०औं मिनेटमा गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे ।

सातदोबाटोका लागि ७५औं मिनेटमा दिपक राज सिंह ठकुरीले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

जारी लिगमा उत्कृष्ट फर्ममा रहेका दिपकको यो पाँचौ गोल हो । उनी सर्वाधिक गोलकर्तामा शीर्ष स्थानमा छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?