+
+

सुनको मूल्यमा नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते ११:४४

२२ चैत, काठमाडौं । नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) एक तोला छापावल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

यसअघि सुनको उच्च मूल्य चैत ५ गते एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख १० हजार ५ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?