+
+
WC Series
पोखरा एभेन्जर्स 2025
114/4 (14.6)
VS
३० बलमा ५२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकम कति ?

रासस रासस
२०७९ चैत २२ गते १५:५२

२२ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ ।

आयोगको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का लागि २९ लाख रुपैयाँ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ का लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले भनेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?