+
+

ओडीआई वरीयतामा नेदरल्याण्ड्सलाई पछि पार्दै नेपाल १४औं स्थानमा, एसोसिएट मध्ये दोस्रोमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १७:४४

२२ चैत, काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले फड्को मार्ने क्रम जारी छ । लिग टू को पछिल्लो १२ मध्ये ११ खेल जितेपछि नेपालले वरीयतामा लगातार सुधार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४औं स्थानमा उक्लेको छ ।

आईसीसीको १२ फुल मेम्बरपछि नेपाल एसोसिएट राष्ट्रमा दोस्रो स्थानमा छ ।  नेपालले हाल १२ टेष्ट राष्ट्रसँगै सुपर लिग खेलेको नेदरल्याण्ड्सलाई पछि पारेको हो ।

एसोसिएटमा स्कटल्याण्ड १२ औं स्थानमा छ । टेष्ट राष्ट्र जिम्बावे १३औं स्थानमा छ ।

नेदरल्याण्ड्सलाई ओमानले समेत पछि पारेको छ । ओमान १५औं स्थानमा छ भने नेदरल्याण्ड्स १६औं स्थानमा झरेको छ । अमेरिका १७औं, नामिबिया १८औं, युएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छ ।

ओडीआई वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, भारत तेस्रो, इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौ, साउथ अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इन्डिज नवौँ, अफगानिस्तान दशौँ, आयरल्याण्ड ११औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?