+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा :

पीडितको स्वास्थ्य जाँच गर्ने नभई अर्को डाक्टरको बकपत्र गराएको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १५:२५

२६ चैत, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएको छ । यो खुलासा भएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश गरेको छ ।

‘गौशाला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको साटो अर्को चिकित्सक आएर साक्षी बकपत्र गरेको भेटियो’, जिल्ला अदालत स्रोतले भन्यो, ‘त्यो थाहा भएपछि इजलासले सम्बन्धित चिकित्सक नै बोलाएर बकपत्र गराउनु भन्ने आदेश गरेको छ ।’

स्वास्थ्य परीक्षण गर्ने चिकित्सक भने बिदामा छन् ।

साथै अर्को एकजना व्यक्तिको बकपत्र छुटेकाले उनलाई समेत झिकाउनु भन्ने आदेश गरेको अदालत स्रोतले बताएको छ ।

सर्वोच्च अदालतबाट सन्दीपलाई ‘विदेशमा समेत क्रिकेट खेल्न जान दिनू’ भन्ने आदेश भएपछि जिल्ला अदालतले पीडित गौशाला २६ सँग सम्बन्धित दुईवटा सुनुवाइ गरेको छ ।

पहिलो सुनुवाइमा, जिल्ला अदालतले पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो ।

पूर्ण सुनुवाइका लागि पेशी तोकिएकोमा गतसाता पालो आएन । आइतबार भने दुईजनाको बकपत्र छुटेकाले त्यसलाई समेत समावेश गर्नु भनी इजलासले आदेश गरेको हो । अर्को पेशी तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?