+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सस्तोमा आइफोन दिने भन्दै ठगी, युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १७:१८

२६ चैत, काठमाडौं । नक्कली विज्ञापन राखेर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

हाम्रो बजार डटकम नामक अनलाइनमा आइफोन १४ प्रोम्याक्स मोवाइल सस्तोमा दिने भन्दै विज्ञापन राखेको र मोवाइल किन्न सम्पर्कमा आएका व्यक्तिसँग रकम लिएर सम्पर्कविहीन भएको आरोपमा हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाही पक्राउ परेका हुन् ।

उनले मोवाइल किन्न सम्पर्कमा आएका व्यक्तिसँग मोवाइलको मूल्य, डेलिभरी चार्ज र कुरियर चार्जजस्ता विभिन्न प्रयोजनमा रकम लाग्छ भनेर बैंक खाता, ईसेवा तथा खल्ती वालेटबाट रकम पठाउन लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?