+
+

१ खर्ब नाघ्यो पूँजीगत बजेट खर्च

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १८:१३
फाइल तस्वीर

२६ चैत, काठमाडौं । पूँजीगत बजेट खर्च १ खर्ब नाघेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म सरकारले १ खर्ब ११ करोड ८३ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ । यो खर्च लक्ष्यको मात्र २६.३२ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । तर, प्रगति भने न्यून रहेको छ । यद्दपि तेस्रो चौमासिकबाट भने खर्चले केही गति लिएको तथ्यांकले देखाएको छ ।

आइतबारसम्म सरकारले ८ खर्ब ७० अर्ब ८३ करोड रुपैयाँ बजेट खर्च गरिसकेको छ । यो कुल बजेट लक्ष्यको ४८.५५ प्रतिशत हो । यस आवमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । जसमा चालु खर्चको हिस्सा अधिक छ । यस अवधिमा ६ खर्ब ८१ अर्ब ६९ करोड रुपैयाँ चालु खर्च गरिसकेको छ । यो लक्ष्यको ५७.६१ प्रतिशत हो । चालु आवमा ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबर चालु खर्च गर्ने लक्ष्य रहेको छ । यस आवमा वित्तीय व्यवस्थामा भने ८९ अर्ब २ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो लक्ष्यको ३८.६७ प्रतिशत हो ।

वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य सरकारले राखेको छ । सरकारले यस आवमा ६ खर्ब आइतबारसम्म ६ खर्ब ४० अर्ब रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । यो लक्ष्यको मात्र ४५.६४ प्रतिशत हो । सरकारले यस वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । राजस्व र अन्य आम्दानीसहित यस अवधिमा सरकारको जम्मा आय मात्र ६ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?