+
+

३ दलका शीर्ष नेताको बैठक सुरू, टिआरसीसहितका विधेयकबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १०:४१

२८ चैत,काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलकै बैठक सुरु भएको छ ।

सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन् ।

महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई पनि बैठकमा बोलाइएको छ । बैठकमा टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?