+
+

नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १४:५०

२८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन् ।

‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । स्वस्थ छ । सानोतिनो धक्काले जाेखिम आउने अवस्था छैन । तथ्यांकहरू पनि बलिया छन्’ उनले भने । बैंकिङ क्षेत्रको स्वास्थ्यको विषयमा प्रश्न उठ्ने गरेको तर्फ उनको संकेत थियो ।

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको बताए । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनले जानकारी दिए । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको समेत उनले बताए ।

सूचक सुधार हुँदा पनि ब्याजदर केही माथि भएको भए पनि फागुनदेखि बेसरेट घट्दो दरमा पुगेको उनको भनाइ छ । पूँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निष्क्रिय कर्जा केही बढेपनि धेरै माथि नपुगेको उनले बताए । अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने उनको भनाइ छ । बैंकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्ने उनको विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?