+
+

नक्कली वकिल बनेर ३१ लाख ठगी, एक जना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १९:१९

२८ चैत, काठमाडौं । नक्कली वकिल बनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कानुन व्यवसायी हुँ भनेर बैंकिङ कसुर मुद्दामा थुनामा रहेका मानिस छुटाइदिन्छु भनेर ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले जाजरकोटका ४९ वर्षका मानबहादुर सिंहलाई पक्राउ गरेको हो ।

छेडागाड नगरपालिका–१२ घर भएका उनले भरतबिक्रम सिंह, भक्तबहादुर सिंह र भरतबहादुर सिंह नाम प्रयोगमा ल्याउने गरेका थिए ।

उनले अरुकै नामको कानुन व्यवसायीको लाइसेन्स र सवारी चालक अनुमतिपत्र प्रयोगमा ल्याएको पाइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उनलाई ५ हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको रिजालले बताए । प्रहरीले सिंहविरुद्ध कुनै उजुरी भए लिएर आउन पनि आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?