+
+

नेपाली ‘फिल्म बक्स अफिस’को आकार १ अर्ब ६४ करोड रुपैयाँ 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते ११:५६
फाइल तस्वीर

काठमाडौं । नेपाली फिल्म बजार (बक्स अफिस)को आकार एक अर्ब ६४ करोड २३ लाख रुपैयाँ (१२ मिलियन अमेरिकी डलर) पुगेको छ । सञ्चार मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०७९ सालमा प्रदर्शन भएका कुल १३२ फिल्मको ग्रस कलेक्सनको आधारमा बक्स अफिसको आकार तय भएको हो ।

यस वर्ष प्रदर्शनमा आएका ४६ नेपाली र बाँकी विदेशी फिल्मको कुल ग्रस कमाइबाट यो आँकडा सार्वजनिक भएको हो । मल्टिप्लेक्स हलको धमाधम विस्तार, मोफसलमा फिल्म बजार विस्तार हुनु र दर्शकको क्रय शक्तिजस्ता सूचक हेर्दा बक्स अफिस आकार बढेको अनुमान गर्न सकिन्छ ।

बोर्डले सार्वजनिक गरेको विवरणलाई केलाउँदा सर्वाधिक कमाइ गर्ने १० फिल्मको सूचीमा ६ वटा नेपाली र चारवटा विदेशी छन् । केजीएफ, पठान, अवतार २ र ब्रह्मास्त्रको कुल कमाइ ४५ करोड नेपाली रुपैयाँ हुन आउँछ । नेपाली फिल्महरु कबड्डी ४, छक्कापञ्जा ४, प्रेमगीत ३, महापुरुष, दुई नम्बरी र फूलबारीको कमाइ जोड्दा ६० करोड रुपैयाँभन्दा बढी हुन आउँछ ।

चलचित्र विकास बोर्डले पहिलोपटक यस वर्षको फिल्मको कमाइ औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?