
२९ चैत, काठमाडौं । ब्रायोफाइटसका विज्ञ प्रा.डा. निर्मला प्रधानलाई राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मान गरिएको छ ।
वनस्पति विभागको ६३ औं वार्षिकोत्सव तथा २४ औं वनस्पति दिवसका अवसरमा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले प्रधानलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशी २ लाख रुपैयाँ नगद छ ।
नेपालमा वानस्पतिक स्रोतको अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा लामो समय समर्पित रही वानस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान दिएकाले उनलाई सम्मान गरिएको विभागले जनाएको छ ।
प्रधानले त्रिभुवन विश्व विद्यालय अन्तर्गत प्राकृतिक विज्ञान संग्रहालय, स्वयम्भूबाट अवकास प्राप्त गरेका छन् ।
दिवसकै अवसरमा फ्लोरा अफ नेपाल अनलाइन संस्करणको अनावरण विभागले निकालेका पुस्तकको विमोचन पनि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4