+
+

वैशाख १५ मा रिलिज हुने फिल्म ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १६:३४

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक भएको छ । बेलायतको स्कटल्याण्डमा छायांकन भएको फिल्मलाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् ।

दुई मिनेट ४७ सेकेण्डको ट्रेलरमा एक युवक र उसको वरपरको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । प्रेम, रोमान्स र धोकाको कथावस्तुमा बनेको फिल्मले पारिवारिक खुसीलाई सम्हाल्न नसक्दा आउने सामाजिक विश्रृंखलतालाई चित्रण गर्छ ।

फिल्मको पटकथा, संवाद र गीतको शब्द रचना बैरागले नै तयार पारेका हुन् । साहित्यकार ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रहेर फिल्म निर्माण गरिएको हो । यो फिल्मलाई एडप्टेड स्क्रिनप्ले विधामा राख्न सकिन्छ ।

फिल्ममा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतको अभिनय छ ।

दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जिसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ । फिल्ममा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?