+
+

एसियन गेम्सका लागि पुरुष भलिबल टोलीको खुला छनोट गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १०:२६

३० चैत, काठमाडौं । नेपाल भलिबल संघले एसियन गेम्स र काभा नेशन्स लिगमा सहभागिता लागि नेपाली पुरुष टोलीको निर्माण गर्न खुला छनोट गर्ने भएको छ ।

संघले बिहीबार बिहान सूचना जारी गर्दै चीनको हान्झोउमा हुने एसियन गेम्स र कीर्गिस्तानमा हुने काभा नेशन्स लिगका लागि खेलाडी छनोट गरिने जनाएको छ ।

छनोट कार्यक्रम संघले २०८० वैशाख २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने संघले जनाएको छ ।

उक्त खेलाडी छनौटका लागि संघले प्रदेश, जिल्ला र क्लबका सम्पूर्ण इच्छुक खेलाडीहरुलाई सहभागि हुन जानकारी गराएको हो ।

एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुँदैछ । यस्तै काभा पुरुष नेसन्स लिग जुन १६ देखि २५ सम्म कीर्गिस्तानको बिस्केकमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?