+
+

सीमा संरक्षणको सन्देश बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते २०:१३

काठमाडौं । सीमा संरक्षणको सन्देश दिने कथावस्तु बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा नवल खड्का, सुरविना कार्कीसहित शीर्ष कलाकारको अभिनय छ । नयाँवर्षको अवसरमा सार्वजनिक गीतले राष्ट्रिय हितको पक्षमा उभिन आह्वान समेत गर्छ ।

गीतमा गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बु, पुष्पा श्रेष्ठ, रवि शाह समेत फिचर्ड छन् । गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ भने संगीत मणी थापाले दिएका छन् ।

शब्द रचना मिलन कान्छा किराँतीले लेखेका छन् । फिल्मको कथा अभिनेता तथा निर्माता समेत रहेका खड्काले लेखेका हुन् । कार्यकारी निर्मातामा गायिका समेत रहेकी सत्यकला राई छिन् । माकिको राई र अन्जु केसी निर्माताको रुपमा छन् ।

प्रदर्शन मिति भने घोषणा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?