+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्टार्टअप उद्यम कर्जाबारे उद्यमीलाई निजी क्षेत्रका छाता संगठनले सहजीकरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १७:१४

५ वैशाख, काठमाडौं । स्टार्टअप उद्यम कर्जाबारे जानकारी लिन निजी क्षेत्रका छाता संगठनहरुले सहयोग गर्ने भएका छन् । उद्योग विभागले यसबारे जानकारी गराएको हो । विभागले स्टार्टअप उद्यम कर्जाका लागि अहिले परियोजनाहरुको प्रस्ताव आह्वान गरिरहेको छ । सो प्रयोजनका लागि कार्यविधि समेत स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार स्टार्टअप उद्यम कर्जाका सम्बन्धमा जानकारी लिन तथा कार्यविधि बमोजिम परियोजनाको प्रस्ताव तयारीमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चम्बर्स अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्योगी महासंघबाट समेत सहजीकरण हुने भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि करिब १ सय वटा परियोजनालाई स्टार्टअप उद्यम कर्जा प्रदान गर्ने लक्ष्य लिएको छ । सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा विना धितोमा दिन सकिने गरी कार्यविधि बनाएको छ । यस्तो कर्जा ७ वर्ष भित्र तिरिसक्नु पर्छ । उद्योग विभागले १६ चैतमा एक सूचना निकाल्दै प्रस्ताव मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?